January 12, 2025
- ADVERTISEMENT -

संक्रमित थप ११२० पुष्टि, पुग्यो साढे ४१ हजार

September 2, 2020

काठमाडौँ / नेपालमा आज बुधबार थप १ हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत २४ घण्टामा थप १ हजार १२० जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष गरी १ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने जसअनुसार ५६ प्रतिशत संक्रमित निको भएको हो ।
हाल नेपालमा १८ हजार १०८ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ७६६ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ६१५ रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -