२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

कोरोना नतिजा अब मोबाइलमा : भरतपुर अस्पताल

प्रकाशित मिति : २०७७ भाद्र १८ गते

चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले कोरोना परीक्षणको नतिजा मोबाइलबाटै पठाउने भएको छ । प्रयोगशालामा सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवत आज बिहीबारबाट मोबाइलमा नै नतिजा पठाइने भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो ।
मेसु डा तिवारीका अनुसार आजदेखि कोरोना परीक्षणको नमुना दिएर नतिजा पर्खिरहेकाहरुलाई म्यासेजमा नतिजा पठाइने र म्यासेज खोल्दा नेगेटिभ र पोजेटिभ देखिने भएको छ भने पासओड राखेर डाउनलोड गरेपछि विस्तृत विवरण हेर्न र प्रिन्ट गर्न सकिने छ ।
हाल अस्पतालले नेगेटिभ आएकाको नाम फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजेटिभ आएकालाई टेलिफोन मार्फत जानकारी दिने गरिएको छ ।
प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले आफ्नो यथार्थ विवरण, नाम, ठेगाना, उमेर र मोबाइल नम्बर दिन अनुरोध गर्नु भएको छ । डा अधिकारीले नम्बर प्रष्ट नभएमा नतिजा अन्यत्र जाने भएकाले सबैलाई ध्यान दिन आग्रह गर्नुभएको हो ।
प्रयोगशाला गएको चैत्र २१ गतेबाट संञ्चालनमा आएको हो । प्रयोगशालामा स्वचालित प्रणालीबाट संञ्चालन गर्न सकिने उपकरण जडानको तयारी भइरहेको उहाँले जानकारी गराउनु भयो । हालसम्म २१ हजारभन्दा बढी नमुना परिक्षण गरी सकिएको छ । जसमध्ये १६ हजार चितवनको रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61