काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमार्फात थप ९८० जना कोरोना संक्रमित पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
संक्रमित मध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६३ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १७ हजार २७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार २०१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ८२६ रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७०३ रहेका छन् । १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- ADVERTISEMENT -
नेपाल थप ९८० संक्रमित, कुल ४६ हजार बढी
September 6, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -