काठमाडौँ / यातायात व्यवसायीले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् । बुधबार बसेको यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले कोरोना नियन्त्रणका नाममा ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अब रोकिएर बस्न सक्ने अवस्था छैन।
महिनौंदेखि सवारीसाधन थन्किएका छन्। असोज १ बाट सबैखाले सवारीसाधन संचालनका लागि हामी तयार भएर बस्छौँ।’ यसबारे औपचारिक निर्णय बिहीबार गरिने पनि बताइएको छ । यस्तै, व्यवसायीहरुले म्याद गुज्रिएका कागजातहरु (लाइसेन्स, रुट, ब्लुबुक) लगायतको नवीकरण अवधि थप र जरिवाना छुटका लागि पनि माग गरेका छन् ।
कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन जारी गरेपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
असोज १ गतेदेखि सवारी साधन सञ्चालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
