चितवन / कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या जारी छ । शुक्रबार साँझसम्ममा कोरोना संक्रमणबाट चितवनका १५ जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७ बजे थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १५ पुगेको हो । पूर्वीचितवनको राप्ती नगरपालिका–५ का ६१ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
भदौं २४ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष भदौ २५ गते भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएको थियो । योसँगै राप्ती नगरपालिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका २ जना, रत्ननगर नगरपालिकाका २, राप्ती नगरपालिकाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
चितवनमा कोरोनाले १५ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
