चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा चितवनका थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका चार जनामा भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो । संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नं. ३ र १० का ४३ वर्षीय पुरुष र २१ वर्षीया महिला रहेका छन् ।
डा अधिकारीका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ६ र ११ का २८ र ४० वर्षीया दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको पुरानो मेडिकल कलेज भरतपुर र क्वारेन्टिनबाट स्वाब लिइएको जनाइएको छ ।
प्रयोगशालामा बुधबार कुल २९९ नमुना परीक्षण गरिएकोमा ४ जनाको नमुनाको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा २९९ को नमूना परीक्षण, भेटिए ४ जना संक्रमित
September 17, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
