काठमाडौं / काठमाडौंको तिनकुने तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो ।
तरकारी व्यापारी विजेश गौतमले आलुभित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।
त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तीनै जना व्यापारीको कारोबार रोक्का गरिएको छ । अर्को निर्देशन जारी नभएसम्म तीनै जनाको कारोबार रोक्का गरिएको र अध्ययन अनुसन्धानको लागि ११ बजे विभागमा उपस्थित हुन भनिएको छ ।
भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिर्जना गरेका छन् । बुधबार बल्खु, कालीमाटी लखनखेलमा पनि अनुगमन गरिएको थियो ।
लगनखेलमा आपूर्ति मन्त्री लेखराज भट्ट आफैं प्याज किन्न ग्राहक बनेर जाँदा ठगिएका थिए । त्यसपछि बजार अनुगमनलाई तीब्र पारिएको छ ।
यसैबीच, चावहिल चोक नजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्य सामग्री बरामद र नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद गरी नष्ट गरेको हो ।
नष्ट गरिएका खाद्य बस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्राण्डका परिकार, क्याटवरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ् गरिएका खाद्य बस्तु छन् । पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स,, बकुल्लालगायत करीब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरिएको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।
उनकाअनुसार सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य बस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको थियो । बरामद भएका सामान ट्रान्सफर स्टेशन पु¥याएर फोहोरमा मिसाइएको छ । गएको आइतबार बिहान यस पसलमा पहिलो पटक अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाइएको थियो । आज फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट्याएर उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो ।
- ADVERTISEMENT -

आलुभित्र प्याज लुकाएर कालोबजारी !, तीन व्यापारीको कारोवार रोक्का

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.10
149.70

European Euro
1
175.59
176.29

UK Pound Sterling
1
201.95
202.76

Swiss Franc
1
190.48
191.25

Australian Dollar
1
106.41
106.83

Canadian Dollar
1
108.15
108.59

Singapore Dollar
1
117.17
117.64

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.86
21.95

Saudi Arabian Riyal
1
39.74
39.90

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
40.59
40.76

Malaysian Ringgit
1
37.70
37.85

South Korean Won
100
10.09
10.13

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.03
19.11

Kuwaity Dinar
1
486.70
488.66

Bahrain Dinar
1
395.23
396.82

Omani Rial
1
387.27
388.83












