२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा दुई घण्टामा नै पिसीआर नतिजा

प्रकाशित मिति : २०७७ आश्विन ४ गते
- ADVERTISEMENT -

चितवन / चितवन मेडिकल कलेजले आज आइतबारबाट दुई घण्टामा नै कोरोनाको पिसीआर परिक्षणको नतिजा दिन सुरु गरेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन सुरु गरेको हो । जसका लागि रु ३ हजार तिर्नुपर्ने हुन्छ ।
कलेजका प्रेस संयोजक डा. किशोर अधिकारीका अनुसार हाल रु २ हजार मात्र लिएर पिसीआर परिक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परिक्षण गर्न ढिला भएका नमुनाहरुको परिक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बिमा पिसिआर परिक्षणमा लागु भएमा सहज हुने उहाँको भनाई छ । जिल्लामा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमुना परिक्षणको काम भईरहेको छ ।

- ADVERTISEMENT -