२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन

प्रकाशित मिति : २०७७ आश्विन ५ गते

काठमाडौँ / वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् । कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा पालिकाले बजेटको व्यवस्था गरेका हुन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम स्थानीय भाषाअन्तर्गत मातृभाषा पढाउनु तीन आर्थिक वर्षदेखि बजेट छुटाउँदै आएका बताए । जनप्रतिनिधिमा चुनिएर आएलगत्तै तामाङ भाषा पठनपाठनका निम्ति बजेट पहल गरेको तर विज्ञ र सरोकार राख्ने समाजले चासो नदिएकाले कार्यान्वयन हुन नसकेको उनले बताए ।
‘मेरो क्षेत्रमा तामाङ जातिको बाहुल्य छ र उनीहरू छोरोछोरीमात्र पढ्ने माध्यमिक विद्यालय छ,’ यो वर्षबाट मातृभाषा पठनपाठनका निम्ति तामाङ घेदुङसँग सम्झौता गरेको उल्लेख गर्दै अध्यक्ष गौतमले भने, ‘घेदुङले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने जिम्मा लिएको छ । कोरोना भाइरसले गर्दा ढिलो भइरहेको छ । पाठ्यपुस्तक पायौं भने यो वर्ष दुई–चार वटा विद्यालयमा लागू गर्ने योजना छ ।’
घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार रहेको छ । ‘घेदुङले वाग्मती प्रदेशको १३ वटै जिल्लाका ३२ वटा पालिकासँग तामाङ मातृभाषा पठनपाठनका निम्ति सम्झौता गरेको छ,’ उनले भने, ‘कोभिड–१९ गर्दा कार्यक्रम अघि बढ्न ढिलाइ भइरहेको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण टोलीले डमी तयारी गरिसकेको छ ।’
तामाङ भाषाको चारवटा भाषिका ९क्लस्टर० छुट्याएर त्यसैअनुसार पाठ्यपुस्तक निर्माण गरिएको उनले बताए । त्रिशूलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर, त्रिशूलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्तर्गत मकवानपुर, दोलखा, रामेछाप लगायत जिल्ला रहेका छन् ।
तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपिमा प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटकबाट तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण तयार गरेको छ ।
वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले निर्माण गरेको ‘शिक्षा नीति, २०७७’ मस्यौदामा ९।५ मा ‘शिक्षण सिकाइमा विद्यार्थीको मातृभाषा तथा लिपिको प्रयोग गर्ने’ उल्लेख छ ।
तथ्यांकअनुसार देशभरिमा तामाङ जातिको जनसंख्या १५ लाख ४० हजारभन्दा बढी छ । तामाङ जातिको कूल जनसंख्याको ७४ दशमलव ८ प्रतिशत वाग्मती प्रदेशमा बसोबास रहेको छ । यो संख्या १० लाख १२ हजार ९ सय हो । –कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68