Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नियन्त्रणमा राख्न सकिने उच्च रक्तचापका उपायहरु

प्रकाशित मिति : २०७७ आश्विन ७ गते

काठमाडौं । शरीरका रक्तनलीहरूमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । नलीहरूमा रगतको वेग सामान्यभन्दा बढी हुनु नै उच्च रक्तचाप हो । यसले शरीरका जुनकुनै अंगमा हानी पुर्याउन सक्छ ।
मस्तिष्कघात, पक्षघात, हर्टअट्याक, मिर्गौला ड्यामेजजस्ता समस्या उच्च रक्तचापका कारण हुन सक्छ । त्यसैले रक्तचाप जहिल्यै नियन्त्रणमा राख्नुपर्छ ।
उच्च रक्तचापका असर :
–उच्च रक्तचापले विभिन्न समस्या निम्त्याउँछ । यो अवस्थामा रक्तनलीहरू आवश्यकताभन्दा बढी तन्किन गई फुट्न सक्छन् ।
–उच्च रक्तचापले दिमागभित्रका रक्तनली पनि फुट्न सक्छन् । दिमागका रक्तनली फुटे मस्तिस्कघात, पक्षघात हुन्छ ।
–उच्च रक्तचापले मुटुको रक्तनली पनि फुटाइदिन्छ । रक्तनली फुट्दा हृदयाघात हुन्छ ।
–रक्तचाप उच्च हुँदा आँखाको रक्तनली फुटेर अन्धोपन गराइदिन सक्छ । यस्तै, मिर्गौलाको रक्तनली फुटे मिर्गौला फेल हुन्छ ।
कुन अवस्थामा बढी खतरा ?
उच्च रक्तचापको समस्या भएका मानिसमा जुनसुकै समय रक्तनलीहरू फुट्न सक्छन् । विशेषगरी, मानसिक तनाव भएको वेला, धेरै खुसी वा दुुःखी भएको वेला, धेरै शारीरिक श्रम गरेको वेला तथा अत्यधिक मद्यपान वा धूमपान गरेका वेला रक्तनलीहरू फुट्ने खतरा बढी रहन्छ ।
धेरै चिसो हावामा हिँडेको वेला पनि रक्तचाप बढ्न गई रक्तनली फुट्न सक्छ । यी अवस्थामा मानिसको मृत्युसमेत हुन सक्छ ।
कसरी नियन्त्रण गर्ने ?
उच्च रक्तचाप हुन नदिन र भइसकेको अवस्थामा पनि उपचार र जीवनशैली परिवर्तन गर्न सके खतराबाट धेरै हदसम्म बच्न सकिन्छ । तनावपूर्ण दैनिकी उच्च रक्तचापको एउटा मुख्य कारण हो ।
सहरीकरणले जन्माएको उच्च आकांक्षा, व्यस्तता, प्रतिस्पर्धा, इर्स्या, अभाव र कार्यबोझले मानिसलाई तनावग्रस्त बनाएको छ । त्यसैले यस्ता तनावबाट मुक्त हुन कोसिस गर्नुपर्छ ।
स्वच्छ हावामा गरिने नियमित शारीरिक व्यायामले तनाव कम गर्न सकिन्छ । साथै, चिकित्सकको सल्लाहमा गरिने ध्यान, प्राणायाम, योगले पनि तनाव कम गर्न सहयोग गर्छ ।
नुनिलो, चिल्लो, गुलियो र मसलेदार खानाबाट टाढै रहनु राम्रो हुन्छ । सामान्य खानपानले उच्च रक्तचापलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छ ।
मोटोपन पनि उच्च रक्तचापको एउटा प्रमुख कारण हो । दैनिक ४५ मिनेटजति हिँड्दा वा जुनसुकै किसिमका व्यायाम गर्दा उच्च रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।
मदिरापान नगर्नु वा ज्यादै कम मात्र गर्नु, धूमपान त्याग्नु पनि उच्च रक्तचाप नियन्त्रणका महत्वपूर्ण उपाय हुन् ।
उच्च रक्तचापले शरीरका अन्य महत्वपूर्ण अंगलाई पनि निकै छिटो क्षति पु¥याउने भएकाले समस्या भइसकेका व्यक्तिले नियमित औषधि सेवन गर्नुपर्छ ।
उच्च रक्तचापका लक्षण देखिए मुटुरोग विशेषज्ञलाई देखाउनु राम्रो हुन्छ । तर, तत्काल मुटुरोग विशेषज्ञ उपलब्ध नभए जनरल फिजिसियनसँग पनि उपचार गराउन सकिन्छ ।
–एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51