चितवन / रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारीकी ७९ वर्षीया मन्जरी गिरी कोरोना संक्रमणमुक्त भएकी भएकी छिन् । झण्डै २६ दिनअघि कोरोना पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी मन्जरी गिरीले कोरोना जित्न सफल भएकी हुन् ।
दम र निमोनियाकी रोगीसमेत रहेकी गिरीको सोमबार गरिएको तेश्रो रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिए । सो वडामा अहिलेसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा गिरी सहित ४ जनाले कोरोना मुक्त भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए । सक्रिय संक्रमितहरु एक जना टरौली आइसोलेसन र अन्य होम आइसोलेसनमा रहेका छन ।
खाद्य उद्योगका १८ जना कोरोनामुक्त
त्यसैगरी रत्ननगर ४ दैवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगका १८ जना कामदार कोरोना मुक्त भएका छन । चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनीहरुको तेश्रो रिपोर्ट नेगेटिभ आएको हो ।
नेगेटिभ आएका उनीहरुलाई वडाध्यक्ष रविन्द्र चौधरीको रोहवरमा घर पठाइएको छ । यसभन्दा अघि सोही उद्योगका ३० जना कोरोना मुक्त भएका थिए ।
- ADVERTISEMENT -

७९ वर्षीया वृद्धा सहित १९ जना कोरोनामुक्त
September 23, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
