April 22, 2025

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

September 26, 2020
- ADVERTISEMENT -

चितवन / चितवनमा थप ८ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
प्रमुख डा अधिकारीका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ३ का १ पुरुष, रत्ननगर ३ र १४ का २ पुरुष र राप्ती २,४ र ६ का १ महिला ४ पुरुष सहित ५ जना समेतगरि जम्मा ८ जना रहेका छन।
प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुको स्वाबहरु पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको थियो । बिहीबार र शुक्रबार परीक्षण गरिएका १२४ वटा नमूना मध्ये ११६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८ वटा नमुनाको पोजेटिभ आएको हो ।

- ADVERTISEMENT -