२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित

प्रकाशित मिति : २०७७ आश्विन ११ गते

युएई / कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो।
शेखजायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो। कोलकत्ताको जितमा शुभमनगिलले अविजित रहदै ७० रन बनाउनुभयो।
यस्तै इयानमोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रन बनाउनुभयो। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। हैदराबादका लागि मनिस पाण्डेले ५१ रन बनाउँदा, कप्तान डेभिडवार्नरले ३६ रन बनाउनुभयो।
जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ र अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ। लगातार दुई खेल हारेको हैदराबाद अंक तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज, राजस्थान रोयल्स् र किङ्स इलेवेन पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ। –एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45