२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

भागबन्डा किचलोले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ

प्रकाशित मिति : २०७७ आश्विन १३ गते

काठमाडौं / महत्वपूर्ण मन्त्रालयको भागबन्डामा किचलो हुँदा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि भागबन्डामा सहमति हुन नसक्दा पुनर्गठनमा ढिलाइ भएको हो ।
पुनर्गठनबाट हट्न सक्ने सम्भावना रहेका केही मन्त्रीहरू मन्त्रालय आउन छाडेका छन् जसका कारण मन्त्रालयको प्रशासनिक कामकारबाहीसमेत प्रभावित हुन पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अध्यक्षद्वय ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भए पनि सहमति हुन सकेन । नेकपा स्रोतका अनुसार महत्वपूर्ण मानिएका मन्त्रालयका विषयमा भागबन्डा अझै मिलेको छैन । दुवै अध्यक्षले महत्वपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेकै कारण पुनर्गठनमा ढिलाइ भएको स्रोतको दाबी छ ।
‘दुवै अध्यक्षले महत्वपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेका छन्,’ नेकपा स्रोतले भन्यो, ‘कसलाई हटाउने र कसलाई ल्याउने विषयमा समेत सहमति हुन सकेको छैन ।’
नेकपाको सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारलाई अझै प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेछ । पार्टीको निर्णयअनुसार अध्यक्षद्वय ओली र दाहाल सरकार पुनर्गठनको अन्तिम तयारीमा रहेका हुन् । सचिवालय बैठक यता ओली र दाहालबीच भेटघाट एवं छलफल जारी नै रहेकाले केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतको दाबी छ ।
‘अध्यक्षद्वयबीचमा छलफल जारी नै छ, सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा उहाँहरू हुनुहुन्छ,’ वालुवाटार स्रोतले भन्यो, ‘केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’
गत मंगलबारको सचिवालय बैठकमा सरकार पुनर्गठनका बारेमा छलफल भएको आजको राजधानी दैनिकमा खवर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98