चितवन / भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु. ५० लाख सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसन अध्यक्ष सीताराम कट्टेललाई रु. ५० लाख रुपैयाँ प्रदान गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष कट्टेललाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
भरतपुर महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए ।
महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताए । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन् ।
फाउण्डेसनका अध्यक्ष कट्टेलले ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।
- ADVERTISEMENT -

रंगशाला निर्माणका लागि भरतपुर महानगरले दियो ५० लाख

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20










