May 21, 2024

संक्रमित थप १५१३, उपत्यकामा मात्र ९३४ जना

September 29, 2020

काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत थप १५१३ जनामा कोरोना (कोभिड(१९) को संक्रमण पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -