२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

विश्वभर संक्रमित ३ करोड ३८ लाख बढी, भारत दोस्रो स्थानमा

प्रकाशित मिति : २०७७ आश्विन १४ गते

काठमाण्डौं / विश्वभर ३ करोड ३८ लाख कोरोना संक्रमित भएका छन् भने १० लाखभन्दा बढीका ज्यान गएको छ । पछिल्लो विवरणअनुसार अनुसार विश्वका २ सय १५ मुलुकका ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ जना कोरोना भाइरसका संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म १० लाख १२ हजार ७ सय ४३ जना कोरोना संक्रमितको ज्यान गएको छ । विश्वभरका संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप २ लाख ८७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।
एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।
एसियाली मुलुकमा निको हुनेको संख्या ८८ लाख ११ हजार २१४ रहेको छ भने १ लाख ९२ हजार ८६६ जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66