January 14, 2025
- ADVERTISEMENT -

पत्रकार अधिकारीलाई कोरोना संक्रमण पुष्टि

September 30, 2020

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा बुधबार गरिएको परीक्षणमा महासंघका उपाध्यक्ष अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँका धर्मपत्नीमा संक्रमण पुष्टि भएपछि पत्रकार अधिकारीले पनि चितवन मेडिकल कलेजमा स्वाब दिनु भएको थियो । कलेजमा भएको परीक्षणमा उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । पत्रकार अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको र हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण नदेखिएको बताएको छ ।
पत्रकार अधिकारी नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने उहाँ राष्ट्रिय समाचार समिति (रासस)का चितवन प्रमुख समेत हुनुहुन्छ ।
चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -