March 16, 2025
- ADVERTISEMENT -

व्यवसायीले अनिवार्य मूल्यसुची टाँस गर्नुपर्ने, अटेर गरे कारवाही : प्रशासन

October 1, 2020

चितवन / जिल्ला प्रशासन कार्यालयले चितवन जिल्लाका सबै पसलवालाहरुलाई अनिवार्य मूल्य सूची राख्न निर्देशन दिइएको छ । आउँदै गरेको चाडपर्व नजिकिएसँगै सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
सहायक प्रजिअ शाहीका अनुसार प्रशासनले यसअघि प्याजको कालोबजारी बढेपछि बजार अनुगमन गरेर कारबाही गरेको थियो भने अबका पाँच दिनभित्र सबै पसलमा अनिवार्य मूल्यसूची राख्न प्रशासनले व्यवसायीहरुलाई निर्देशन दिइसकेको बताए ।
उनले मूल्यसूची अनिवार्य टाँस नगरे कानुनबमोजिम कारबाही गरिने बताए । अनुगमन नियमित हुने, चाडपर्वमा हुनसक्ने कालोबजारी र मूल्य बढाई ठगी गर्ने सम्भावना धेरै हुने हुँदा बजार अनुगमन बढाइने उनको भनाइ छ ।

- ADVERTISEMENT -