April 22, 2025

कोरोनाबाट एक जनाको मृत्यु

October 2, 2020
- ADVERTISEMENT -

चितवन / भरतपुर अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का ७८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
निमोनियाका कारण चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराई रहेका उनको थप उपचारका लागि यही असोज १५ गते भरतपुर अस्पताल रिफर गरिएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा उनको आज बिहान ७ः३० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -