February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थप १६ जना, चितवनकै ११ जना

October 4, 2020

चितवन / चितवनको भरतपुर–७ स्थित बी.पी. कोइराला क्यान्सर अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा १६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । चितवनका ११ सहित थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको डा सुरज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार अस्पतालको कोभिड–१९ मोलिक्युलर ल्याव प्रयोगशालामा १ सय ५० वटा नमुना परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
परीक्षणका क्रममा भरतपुर महानगरपालिकाको वडा नम्बर ७ का मात्र १० जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५ जना महिला र ५ जना पुरुष रहेका छन् ।
त्यस्तै राप्ती नगरपालिकाका थप एक जना पुरुषमा संक्रमण देखिएको छ भने बर्दियाका २ जना, बाँकेका १ जना, कैलालीका १ जना र झापाका थप एक जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको स्वाब क्यान्सर अस्पतालबाट लिइएको हो ।

- ADVERTISEMENT -