June 25, 2024

चौबिस घण्टामा नेपालमा थप २२५३ जना संक्रमित

October 4, 2020

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा थप २२५३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -