April 22, 2025

चितवनमा थप २० जनामा कोरोना संक्रमित

October 5, 2020
- ADVERTISEMENT -

चितवन । चितवन जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २ सय ८ जनाको परिक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १८ जना चितवनका रहेका छन् भने नवलपरासी र दाङका १–१ जना रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार भरतपुर महानगरपािलकाका ९ जना, खैरहनी नगरपालिकाका ६ जना, रत्ननगर, कालिका नगरपालिकाका १–१ जना र ईच्छाकामनाका १ जना रहेका छन् ।

- ADVERTISEMENT -