काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङ मार्फत थप १५५१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ ।
- ADVERTISEMENT -
नेपालमा २३४० कोरोनामुक्त, संक्रमित थप १५५१ जना
October 6, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -