May 18, 2024

चितवनमा संक्रमित थप ६२, भरतपुरकै ४३ जना

October 7, 2020

चितवन / चितवनमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चितवनसहित अन्य जिल्लाका गरी ६२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४३ जना छन् । जसमध्ये २७ जना पुरुष र १६ जना महिला रहेका छन् ।
यसैगरी माडी नगरपालिका–५ का ३० वर्षीय पुरुष, राप्ती नगरपालिकाका ६ जना पुरुष, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना, रत्ननगर नगरपालिकाका–१२ की ३४ वर्षीया महिला, कालिका–६ का २५ जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -