April 29, 2025

लागु औषधसहित २ जना पक्राउ

October 7, 2020
फोटो: हल्कारो ।
- ADVERTISEMENT -

हेटौँडा / मकवानपुरको भैसेमा लागुऔषध नाईट्रोभेटसहित २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्डमा भिमफेदी–२ भैंसेबाट, लागुऔषध नाईट्रोभेटसहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रवक्ता रानका अनुसार हेटौडाबाट काठमाण्डौ जादैँ गरेको बा ९६ प ३२८५ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ८७० ट्याबलेट नाईट्रोभेट सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक प्युठान मल्लरानी गाउँपालिका–३ घर भई हाल जिल्ला काठमाण्डौ बालाजु शान्तिटोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र सोही मोटरसाइकलमा सवार कालीकोट घोचायबाडा गाउँपालिका–३ घर भई हाल काठमाण्डौ–३ बस्ने वर्ष १८ को बज्र रोकाया रहेको उनले बताए ।
उनले पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

- ADVERTISEMENT -