गोरखा / जिल्लामा असोज १ गतेबाट जोर विजोर प्रणालीमा मास्क लगाएर पठनपाठन गरेको विद्यालयहरुले आजबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी र उनीहरुका परिवारका सदस्यहरुलाइ कोरोना सङ्क्रमण भएपछि विद्यालयहरु बन्द भएका हुन् । गोरखाका केही विद्यालयका विद्यार्थी शिक्षकहरु सङक्रमित भएका हुन ।
विद्यालय अनिवार्य उपस्थित हुन गरिएको आह्वानलाइ कार्यान्वयन गर्न विद्यालय पुगेका शिक्षकहरुमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको गोरखा नगरपालिका गोरखाका एक विद्यालयका प्रधानाध्यापकले बताए । कोरोना लागेका परिवारका सदस्य भित्रका विद्यार्थीहरु नियमित विद्यालय आइरहेका थिए । आजबाट बन्द गरेका छौँ । ति विद्यार्थीको परीक्षण पछिको नतिजा अनुसार विद्यालयमा शिक्षक विद्यार्थीको कन्टयाक्ट ट्रेसिङका लागि अनुरोध गरिने उनले बताए ।
गोरखाका कतिपय स्थानीय तहले अघोषित रुपमा नै भदौ १ गतेदेखि नियमित पठनपाठन गराइरहेका छन् । गोरखा नगरपालिका भित्रका विद्यालयहरुले भने सिकाइ सहजीकरणका नाममा गाउँ गाउँ र विद्यालयमा विद्यार्थी भेला गरेर शिक्षण गराइरहेका छन् ।
कतिपय विद्यालयहरुले अनौपचारिक भन्दै विद्यालय पोषाक बाहिरको पोषाकमा विद्यार्थीहरुलाइ विद्यालयमा बोलाएर नियमित पठनपाठन गराइरहेका छन् । बालबालिकाहरुको शिक्षा आर्जन गर्ने चरणलाइ स्वस्थ रहन पाउने चरण भन्दा अघि राखेका कारण रोगको प्रकोप बढ्ने खतरा रहेको एक शिक्षकले बताए ।
असुरक्षित रुपमा विद्यालय खोलेर पठनपाठन गराउने विद्यालयका प्रशासकलाइ कारवाही गर्न यसअघि नागरिक समाजका प्रतिनिधीहरुले आग्रह गर्दै आएका थिए । विश्वभरी फैलिएको महामारीलाइ सामान्य आँकलन गरी स्वास्थ्यमा हेलचेक्राइँ गर्न नहुने उनीहरुले बताएका छन् ।
- ADVERTISEMENT -

कोरोना संक्रमणले गोरखाका विद्यालयहरु पुनः बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












