January 15, 2025
- ADVERTISEMENT -

कांग्रेसका युवा नेता पौडेललाई कोरोना संक्रमण

October 7, 2020

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नवीनराज पौडेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी काठमाडौंको रानीबनस्थित निवास ‘होम आइसोलेसन’ मा रहेका छन् ।
संक्रमित पौडेलको केन्द्रीय डायग्नोस्टिक प्रयोगशाला तथा अनुसन्धान केन्द्रमा स्वाब परिक्षण गर्दा बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ । उनी कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भएका हुन् ।
उनले सामाजिक सञ्चाल मार्फत भनेका छन् – मलाई कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएकाले मसँगै सम्पर्क हुनुहुने सबै सतर्क रहनुस् । उनी प्रोफेशनल मिडिया ग्रुपका अध्यक्ष समेत हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -