April 22, 2025

भोलि भरतपुरमहानगरका धेरै क्षेत्रमा विद्युत अवरुद्ध हुने

October 9, 2020
- ADVERTISEMENT -

भरतपुर । भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । महानगरका ५ फिडर शनिबार २ देखि ४ घण्टासम्म शनिबार सटडाउन हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इञ्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो ।
इञ्जिनियर सापकोटाका अनुसार भरतपुर सबस्टेशनबाट सञ्चालित फिडरमा सेवा अवरुद्ध हुनेछ । उनले बुश कटिङ गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताए ।
सार्वजनिक गरेको सूचनामा कल्याणपुर फिडर अन्र्तगतका क्षेत्रहरु घोडापालनदेखि धर्मचोक, विकासचोक आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत सेवा रोकिने छ ।
नारायणगढ फिडर अन्र्तगतका भरतपुर १० का केही क्षेत्र, लंकु, बाह्रघरे, फूर्तिचोक आसपासमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, भृकुटी फिडर अन्र्तगतका नारायणगढ बजार, बसपार्क, क्षेत्रपुर आसपासका क्षेत्रमा विहान ८ बजेदेखि १० बजेसम्म लाइन काटिने छ ।
यस्तै दिउसो १ बजेदेखि बेलुका ४ बजेसम्म गैडाकोट फिडर अन्र्तगतका विशालचोक, आँपटारी, जुगेडी, सिमलताल आसपासका क्षेत्र र औद्योगिक २ अन्र्तगतका आँपटारीदेखि रामनगरसम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

- ADVERTISEMENT -