January 15, 2025
- ADVERTISEMENT -

जाजरकोट जिप दुर्घटना अपडेट : आफन्तले बुझे शव

October 9, 2020
फोटो : अनलाइनखबर ।

सुर्खेत / जाजरकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्तहरुले शव बुझेका छन् । उक्त जिप दुर्घटना बुधबार भएको थियो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको टोलीले घटनाको सत्यतथ्य छानविन गर्ने प्रतिबद्धता जनाएपछि आज बिहान आफन्तहरुले शव बुझेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी किश्वर श्रेष्ठले जानकारी दिए ।
मृतकका आफन्तहरुले जिप दुर्घटना भवितव्य नभएर हत्या गरिएको भन्दै शव बुझ्न मानेका थिएनन् । प्रजिअ बरालले घटनाको सत्य तथ्य छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्ने प्रतिवद्धता जनाएपछि आफन्तले शव उठाएको हो ।
मृतकका आफन्तले उच्चस्तरीय समिति गठन गरी घटनाको सत्यतथ्य छानविन हुनुपर्ने, जिप चालकलाई तत्काल नियन्त्रणमा लिएर आजीवन जेल चलान गर्नुपर्ने, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिनुपर्ने लगायतका माग राख्दै प्रजिअ बराललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
बुधबार सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गरेहेको भे १ ज ९३५ नम्बरको जिप जुनीचाँदे गाँउपालिका– १ औलभीरबाट मजकोट खोलामा खसेको थियो ।
उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित सात जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा जुनीचाँदे–११, का नबरबहादुर बुढा गभीर घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -