२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

९ जना व्यापारीलाई एक लाख २५ हजार जरिवाना

प्रकाशित मिति : २०७७ आश्विन २४ गते

गोरखा / मापदण्ड बाहिर रहेर सञ्चालन भइरहेका गोरखा सदरमुकामका ९ वटा खाद्यान्न पसलहरुलाई कारवाही गरिएको छ । उक्त पसलहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक लाख २५ हजार जरिवाना गरेको छ ।
अनुगमनका क्रममा जरिवानासहित कारवाहीमा परेका श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, विशाल न्यू किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्सलाई १५ हजार, जोशी क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १० हजार जरिवाना तोकिएकोे श्रीराम किराना पसललाई पाँच हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार अनुगमन टोलीले २० वटा पसलको अनुगमन गरेको थियो । यी बाहेकका पाँच वटा पसललाई सचेत गराइएको र छ वटा पसललाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको उनले बताए ।
पसलहरुमा ढकमा समस्या देखिएको, अखाद्य बस्तु बिक्री गरेको, सरसफाई राम्रो सँग नगरेको पाइएको छ भने खाद्य सामग्रीको रुपमा बिक्रीका लागि राखिएका तर मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने सामग्रीहरु पनि बरामद गरिएको उनको भनाइ छ । रङ मिसाएर बनाइएका खाद्यान्न, म्याद गुज्रिएका लगायत बरामद भएका सामग्री नष्ट गरिने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66