April 29, 2025

एकैदिन थप ५००८ संक्रमित, कुल निको ७४२५२ जना

October 10, 2020
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार थप ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् ।

- ADVERTISEMENT -