July 22, 2024

खोलाबाट गिट्टी बालुुवा चोर्ने ९ ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

October 14, 2020
फोटो : हल्कारो समाचार ।

नवलपुर / पूर्वी नवलपरासीमा नदि जन्य पदार्थ उत्खनन गरेका ९ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ र ४ मा रहेको विनयी खोलाबाट अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन गरेका ९ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए ।
डिएसपी खाँडका अनुसार लु ३ त ७०४५, लु ४ त २८८१, लु ३ त ४०८१, लु ३ त १७७२, ना ४ त ९०७०, लु ३ त६९५३, लु ३ त ४७७५, ना ७ त ११३१, लु २ त ९६०७ नम्बरका ट्रयाक्टर पक्राउ परेका हुन् ।
पक्राउ परेका सवारीलाई कानुनी कार्वाहीको लागि विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा पठाइएको उनले बताए । पछिल्लो समय नवलपुरमा नदिजन्य पदार्थ उत्खनन गर्ने गिरोह सल्वलाएको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -