चितवन / चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा पक्राउ परेका नेपाली सेनाका हुद्दालाई चितवन जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
कुटपिटबाट राप्ती नगरपालिका–२ पिप्ले मिलन चोकका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएपछि हुद्दा चिरणकुमार बुढा पक्राउ परेका थिए । चितवन जिल्ला अदालतका सूचना अधिकारी शिव अधिकारीका अनुसार उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे अनुसार हुने गरी जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको आदेशले प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरिएको छ,’ अधिकारीले भने । उनलाई जन्मकैद दाबी गर्दै मुद्दा दायर भएको थियो ।
बर्दिया गेरुवा–५ घरभएका बुढा असोज ४ गते पक्राउ परेका थिए । अनसन्धान पूरा भएपछि चितवन प्रहरीले जिल्ला न्यायाधीवक्ताको कार्यालय (सरकारी वकिल)लाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार बुढाविरुद्ध चितवन जिल्ला अदालतमा मुदा दायर गरेको थियो । उक्त मुद्दामा मंगलबार थुनछेक बहस भएपछि न्यायाधीश रेग्मीले प्रतिवादीलाई थुनामा राख्न आदेश गरेका हुन् ।
मुलुकी अपराध संहिताको परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरको दफा १७८ को उपदफा एक बमोजिम अपराध भएको हुँदा उपदफा दुई बमोजिमको सजाय माग गरेर मुद्दा दायर भएको थियो ।
- ADVERTISEMENT -

राजकुमार चेपाङको ज्यान जाने गरी कुटपिट गर्ने सैनिक थुनामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36











