January 15, 2025
- ADVERTISEMENT -

राजकुमार चेपाङको ज्यान जाने गरी कुटपिट गर्ने सैनिक थुनामा

October 14, 2020
फोटो : बुलबुल खबर ।

चितवन / चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा पक्राउ परेका नेपाली सेनाका हुद्दालाई चितवन जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
कुटपिटबाट राप्ती नगरपालिका–२ पिप्ले मिलन चोकका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएपछि हुद्दा चिरणकुमार बुढा पक्राउ परेका थिए । चितवन जिल्ला अदालतका सूचना अधिकारी शिव अधिकारीका अनुसार उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे अनुसार हुने गरी जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको आदेशले प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरिएको छ,’ अधिकारीले भने । उनलाई जन्मकैद दाबी गर्दै मुद्दा दायर भएको थियो ।
बर्दिया गेरुवा–५ घरभएका बुढा असोज ४ गते पक्राउ परेका थिए । अनसन्धान पूरा भएपछि चितवन प्रहरीले जिल्ला न्यायाधीवक्ताको कार्यालय (सरकारी वकिल)लाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार बुढाविरुद्ध चितवन जिल्ला अदालतमा मुदा दायर गरेको थियो । उक्त मुद्दामा मंगलबार थुनछेक बहस भएपछि न्यायाधीश रेग्मीले प्रतिवादीलाई थुनामा राख्न आदेश गरेका हुन् ।
मुलुकी अपराध संहिताको परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरको दफा १७८ को उपदफा एक बमोजिम अपराध भएको हुँदा उपदफा दुई बमोजिमको सजाय माग गरेर मुद्दा दायर भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -