लण्डन / बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताउनुभएको छ ।
करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गर्न लागेको हो ।
उहाँले ‘लण्डन एसेम्ली’मा भन्नुभयो, “मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ ।”
यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ ।
नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागु गर्नेछ र यसमा यस पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ ।रासस/एएफपी
लण्डनमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि थप कडाई गर्दै
October 15, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
