January 24, 2025
- ADVERTISEMENT -

सार्वजनिक सवारी साधनमा सवार सबैले ‘फेस सिल’ अनिवार्य

October 19, 2020

काठमाडौं / यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ ।
विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ ।
छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीका लागि गरिएको नयाँ व्यवस्था सम्बन्धी सूचना ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -