२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा यसै वर्षदेखि पठनपाठन

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते

काठमाडौं / सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्न निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शैक्षिक वर्ष २०७७ देखि नेपालका सबै विद्यालयहरुमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको जनाएको छ ।
केही विद्यालयहरूले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनी विद्यार्थी भर्ना गराइरहेको भन्ने जनगुनासो आएकाले कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
सोही अनुसार विद्यार्थीको मूल्याङ्कन गर्ने व्यवस्था गर्न समेत सम्बन्धित सबै विद्यालयहरुलाई मन्त्रालयले विज्ञप्ति मार्फत निर्देशन दिएको छ । मन्त्रालयले विद्यालयले कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन र आवश्यक निर्देशन दिन सबै स्थानीय तहहरूलाई समेत निर्णयानुसार अनुरोध गरिएको छ ।
मन्त्रालयले नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भए नभएको यकिन जानकारी लिएर मात्र विद्यालयमा भर्ना गर्न गराउन विद्यार्थी तथा अभिभावकहरूलाई पनि अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45