April 12, 2024

संक्रमित ११६ थप, चितवनका ३८ जना

October 20, 2020

चितवन / चितवनमा १ सय १६ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार ३ सय ७६ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा चितवनका ३८ र अन्य जिल्लाका ७८ जना छन् । भरतपुरका २६ जना, रत्ननगरका ८ जना, कालिकाका १ जना, खैरहनीका २ जना, माडीका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मकवानपुरका ५५ जना, नवलपुरका १७ जना, लमजुङ, तनहुँ, गोर्खा, रौतहट, दैलेख, बर्दियाका एक एक जनामा संक्रमण देखिएको उनले बताए ।

- ADVERTISEMENT -