April 29, 2025

सिद्धि विनायकको विस्तारित काउण्टर उद्घाटन तथा शुभकामना आदानप्रदान

October 20, 2020
- ADVERTISEMENT -

भरतपुर / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाकै परिसरमा विस्तारित काउण्टर उद्घाटन र विजयादशमी तथा शुभदीपावली २०७७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष शालिकराम घिमिरेले रिबन काटेर विस्तारित काउण्टरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थाले आजै (मंगलबार) बाट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । मोबाइल बैंकिङबाट सदस्यहरुले आफ्नो हरेक कारोबार जानकारी लिन तथा विभिन्न किसिमका बिल तिर्न मिल्ने अध्यक्ष धितालले बताए ।
त्यस्तैगरी संस्थाले जीवन सुरक्षा कोषलाई परिमार्जन गरेर बिमा कम्पनीसँग सदस्यहरुको बिमा गरिएको अध्यक्ष धितालले बताए । जसअनुसार संस्थाले सदस्यहरुको सामान्य मृत्यु हुँदा ६२,५००।– विमा स्वरुप रकम हस्तान्तरण गर्ने र दुर्घटनावश मृत्यु भएमा विमा कम्पनीसँग सम्झौता भए अनुसार ३,१२,५००।– विमा स्वरुप उपलब्ध गराउँदै आएको उनले जानकारी गराए । संस्था स्थापनाकालदेखि नै सदस्य र समुदायप्रति समर्पित रहेर कार्य गर्दै आइरहेको उनको भनाइ छ ।
सदस्यहरुको अनुकूलको आधारमा विभिन्न किसिमका १० वटा बचतका प्रकारहरु संचालनमा ल्याएको र वित्तीय आवश्यकताहरु पूरा गर्नका लागि सदस्यहरुका लागि ८ वटा शिर्षकहरुमा ऋण लगानी गरेको उनको भनाइ छ ।
सामाजिक क्षेत्रमा राष्ट्रिय गौरवका आयोजना, आर्थिक तथा भौतिक रुपमा उत्तिकै उत्तरदायी भएर कार्य गरेको उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला तथा गणेशधामलगायत विभिन्न सहयोगमा उपस्थिति जनाउँदै आएको उनले भने ।
उनका अनुसार निकट भविष्यमा संस्थाको आफ्नै भवन बनाउने लक्ष्य लिएको छ । उचित स्थानमा जग्गा खरिद गरी आफ्नै भवनमा कार्यालय संचालन गर्नतर्फ लागि परेको उनको जिकिर छ । उक्त कार्यको लागि सहयोग गरी दिनु हुनका लागि उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, अध्यक्ष थिरप्रसाद धिताल, उपाध्यक्ष मदनप्रसाद सापकोटा, कोषाध्यक्ष जयराम पाण्डेलगायतले आउँदै गरेको विजयादशमी तथा शुभदीपावली २०७७ को अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।
संस्था २०६५ साल जेठ २९ गते स्थापना भएको हो भने हाल संस्था १४२० शेयर सदस्य रहेका छन् । कार्यक्रम संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

- ADVERTISEMENT -