२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

सिद्धि विनायकको विस्तारित काउण्टर उद्घाटन तथा शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते

भरतपुर / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाकै परिसरमा विस्तारित काउण्टर उद्घाटन र विजयादशमी तथा शुभदीपावली २०७७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष शालिकराम घिमिरेले रिबन काटेर विस्तारित काउण्टरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थाले आजै (मंगलबार) बाट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । मोबाइल बैंकिङबाट सदस्यहरुले आफ्नो हरेक कारोबार जानकारी लिन तथा विभिन्न किसिमका बिल तिर्न मिल्ने अध्यक्ष धितालले बताए ।
त्यस्तैगरी संस्थाले जीवन सुरक्षा कोषलाई परिमार्जन गरेर बिमा कम्पनीसँग सदस्यहरुको बिमा गरिएको अध्यक्ष धितालले बताए । जसअनुसार संस्थाले सदस्यहरुको सामान्य मृत्यु हुँदा ६२,५००।– विमा स्वरुप रकम हस्तान्तरण गर्ने र दुर्घटनावश मृत्यु भएमा विमा कम्पनीसँग सम्झौता भए अनुसार ३,१२,५००।– विमा स्वरुप उपलब्ध गराउँदै आएको उनले जानकारी गराए । संस्था स्थापनाकालदेखि नै सदस्य र समुदायप्रति समर्पित रहेर कार्य गर्दै आइरहेको उनको भनाइ छ ।
सदस्यहरुको अनुकूलको आधारमा विभिन्न किसिमका १० वटा बचतका प्रकारहरु संचालनमा ल्याएको र वित्तीय आवश्यकताहरु पूरा गर्नका लागि सदस्यहरुका लागि ८ वटा शिर्षकहरुमा ऋण लगानी गरेको उनको भनाइ छ ।
सामाजिक क्षेत्रमा राष्ट्रिय गौरवका आयोजना, आर्थिक तथा भौतिक रुपमा उत्तिकै उत्तरदायी भएर कार्य गरेको उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला तथा गणेशधामलगायत विभिन्न सहयोगमा उपस्थिति जनाउँदै आएको उनले भने ।
उनका अनुसार निकट भविष्यमा संस्थाको आफ्नै भवन बनाउने लक्ष्य लिएको छ । उचित स्थानमा जग्गा खरिद गरी आफ्नै भवनमा कार्यालय संचालन गर्नतर्फ लागि परेको उनको जिकिर छ । उक्त कार्यको लागि सहयोग गरी दिनु हुनका लागि उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, अध्यक्ष थिरप्रसाद धिताल, उपाध्यक्ष मदनप्रसाद सापकोटा, कोषाध्यक्ष जयराम पाण्डेलगायतले आउँदै गरेको विजयादशमी तथा शुभदीपावली २०७७ को अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।
संस्था २०६५ साल जेठ २९ गते स्थापना भएको हो भने हाल संस्था १४२० शेयर सदस्य रहेका छन् । कार्यक्रम संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20