April 22, 2025

हरिबंश र रमिला कोरोनामुक्त

October 23, 2020
- ADVERTISEMENT -

काठमाडौं / हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणमुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् ।
उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए । हरिवंश र रमिलाको रिपोर्ट पोजिटिभ आएपनि उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो ।

- ADVERTISEMENT -