काठमाण्डौ / खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो ।
‘‘घरमा बोका काट्यौँ, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’’, चौरासियाले भन्नुभयो, ‘‘चाडपर्वमा घरमा चिल्लो खानेकुरा बढी पाक्यो, शरीरमा चिनीको मात्रा बढी भयो । आज दशैँको टीका लगाउने दिन म त बिरामी परेर टीकापुर अस्पतालमा छु ।”
चाडबाडमा खानपिनमा सचेत नहुने आम चरित्र देखिन्छ । गाउँघरमा बलीका रुपमा होस् या दशैँ मनाउन काटिएको खसीको मासु ३÷४ दिनसम्म पनि खाने चलन गलत भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताउनुभयो । ‘‘मानिसको शरीरलाई मासु नभई नहुने तत्व भए पनि यसरी राखिएको बासी मासु सही व्यवस्थापन गर्न नसके स्वास्थ्यमा असर पार्छ । यसरी राखिएको खानेकुराले परिवार नै बिरामी हुन सक्ने सम्भावना रहन्छ’’, डा कँडेल भन्नुहुन्छ, ‘‘चाडपर्वमा खानपानमा ध्यान नदिएर पूरै परिवार बिरामी भएर अस्पताल आउनेहरु पनि छन् ।’’
सामान्य तया शरीरलाई चाहिएको भन्दा बढी मात्रामा खाए जुनसुकै खाद्यपद्धार्थले पनि असर गर्ने चिकित्सकहरु बताउँछन् । दीर्घरोगी, उच्च रक्तचापका बिरामी र कोलेस्टोर भएका बिरामीले मासु खाँदा विशेष ध्यान दिनुपर्ने डा. कँडेलको सुझाव छ । ‘‘चाडपर्वको समयमा अस्पतालमा यी रोगबाट ग्रसितहरु बढी समस्या भएर आउँछन्, कतिपयलाई अस्पतालमै भर्ना गरेर सेवा दिनुपर्छ । यसरी समस्या हुनुभन्दा खानपानमा ध्यान दिनु राम्रो हुन्छ ।’’
टीका लगाउँदा भीडभाड नगरी, मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई दशैं मनाउन स्वास्थ्यकर्मी तथा चिकित्सकको सुझाव छ । ‘‘यस वर्ष विगतका वर्षजस्तो भीड हुने गरी टीकाटालो गर्न हुँदैन’’, टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले भन्नुभयो, ‘‘हामीले सबैलाई अपिल गरेका छौँ, घरमा मात्रै टीका लगाउँ, घरघर नजाउँ भनेका छौँ । यसले सङ्क्रमण फैलने डर बढेको छ ।’’
आर्थिक र सामाजिकरुपमा सुरक्षित हुने गरेर दशैँ मनाउन टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आग्रह गर्नुभएको छ । ‘‘सामाजिक र आर्थिक क्षेत्रमा क्षति पुगेको छ’’, नगरप्रमुख रावल भन्नुहुन्छ, ‘‘यस्तो बेला स्वास्थ्य जोखिममा नपारौँ ।’’ –रासस
- ADVERTISEMENT -

खानपानमा व्यवस्थापन नहुँदा दशैं टिकाकै दिन अस्पतालमा …

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













