राजविराज / सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका दुई किशोरीमध्ये एक जनामाथि बलात्कार र अर्की युवतीमाथि बलात्कार प्रयास भएको हो ।
शौच गर्न निस्किएका दलित समुदायका ती दुई किशोरीलाई एक समुहले नियन्त्रणमा लिई झण्डै चार सय मिटर टाढा लगेका थिए । दुईमध्ये १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । अर्की युवती भने भाग्न सफल भएकी थिइन् । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय सुनिलकुमार साहलाई पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला ती किशोरी बलात्कृत भएको बताए ।
पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जाँदा बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी आँत्तिएर घरतर्फ आइरहेको अवस्था भेटिएको उनले बताइन् । –राजधानीडेलीबाट ।
एक किशोरी बलात्कृत, अर्की भाग्न सफल
October 27, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
