काठमाडौं / भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे जानकारी गराएको हो ।
कात्तिक १९ देखि २१ गतेसम्म नेपाल भ्रमणमा रहने नरवणेलाई कात्तिक २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । साथै भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ ।
- ADVERTISEMENT -