January 21, 2025
- ADVERTISEMENT -

एकाबिहानै गण्डकी प्रदेशमा ९८ जना संक्रमित थपिए

October 30, 2020

तनहुँ / गण्डकी प्रदेशका थप ९८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले आज (शुक्रबार) बिहान ३ वटा विज्ञप्ति जारी गरी ९८ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको जनाएको हो ।
निर्देशनालयको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका ६० जना लमजुङका २, तनहुँका ८, गोरखाका २, स्याङ्गजाका ३, पर्वतका १ र पूर्वी नवलपरासीका २२ गरी प्रदेशभर ९८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमितको कूल संख्या ७ हजार १ सय ४५ जना पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -