२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

सगरमाथाको नयाँ उचाइ घोषणा गरिदै : मन्त्रालय

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते

काठमाडौँ / सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिनुभयो । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उहाँले भन्नुभयो, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’
‘‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उहाँले भन्नुभयो, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छांै, उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उहाँले बताउनुभयो ।
गत वर्षको असोजमा चीनका राष्ट्र«पति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो । भ्रमणको क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ, ‘‘सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन्, जस्तो जलवायु परिवर्तनको विषय र वातावरण प्रवद्र्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्नेछन् र वैज्ञानिक अध्ययन गर्नेछन् ।’’
नापी विभागका महानिर्देशक प्रकाश जोशीले सगरमाथाको उचाइ मापनसम्बन्धी सम्पूर्ण प्राविधिक काम सम्पन्न भई घोषणाको तयारी भइरहेको छ । अबको एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
उचाइ घोषणाको मिति तथा कुन तहबाट कस्तो मोडेलमा गरेर घोषणा गर्नेबारे भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अहिलेसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर हो । २०७२ सालमा गएको भूकम्पलगायत अन्य कारणले समेत उचाइमा केही कमबेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन सुरु गरिएको हो ।
सन् १८५६÷५७ मा तत्कालीन ब्रिटिस इन्डियाको ‘सर्वे अफ इन्डिया’ ले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेको थियो । त्यसैलाई अहिलेसम्म मान्यता दिइँदै आएको छ । त्यसपछि अमेरिका, इटली र चीनद्वारा गरिएको मापनमा सगरमाथाको उचाइ फरकफरक पाइएको छ । गोरखापत्रमा समाचार छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45