मकवानपुर / हराएको सामान भेट्न गाह्रो छ । तर समाजमा यस्ता पनि मानिसहरु अझै पनि भेटिन्छन् जसले अरुको सामान जस्ताको त्यस्तै फिर्ता गर्ने गरेको पाइन्छ । त्यस्ता व्यक्तित्वहरु समाजका दर्पण हुन् जो उदाहरण बनेर समाज हितका लागि एक कदम भए पनि अघि सारेका हुन्छन् ।
यस्तै एक अटो चालक हरिमाया देउलाले आफ्नो अटोमा छुटेको एक महिलाको सामान फिर्ता गरेकी छिन् । हेटौंडा–८, कमानेकी चन्द्रकला तिमल्सिनाले कमानेबाट हेटौंडा–२, संगमचोक आउने क्रममा अटोमा सामान छुटाएकी थिईन् ।
वडा प्रहरी कार्यालय हेटौंडाका अनुसार अटो चालक देउलाले तिमल्सिनाले छुटाएकी व्याग र व्यागमा रहेको पोतेसहितको तिलहरी एक थान, कानमा लगाउने झुम्का एक जोर, सिम नभएको सामसुङ मोबाइल एक थान, पावरवाला चस्मा एक थान र चावीको झुप्पा एक थान फिर्ता गरेकी हुन् ।
चन्द्रकलाले आइतबार व्याग हराएको भनी प्रहरीमा उजुरी दिएपछि खोजतलास गर्ने क्रममा हरिमायाले व्याग फिर्ता गरेको बताइएको छ ।
हरिमायाले फिर्ता गरिन् छुटेको व्याग र गहना
November 2, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
