काठमाडौं / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद गर्न छोडेर आआफ्नो रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा सिर्जना भएको छ ।
‘अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन्,’ स्रोतले भन्यो, ‘एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने रणनीति बनाउनमा नै उनीहरू व्यस्त छन् ।’
नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटमा परेको र फुट नजिक पुगेको खुलासा गरेसँगै शीर्ष नेताहरूले पार्टी एकताबारे चासो र चिन्ता व्यक्त गरेका छन् । कतिपय नेताले आफू आबद्ध समूहको प्रतिरक्षा गर्दै अर्को समूहको आलोचना गर्नमै सामाजिक सञ्जालमा शब्दहरू खर्चिरहेका छन् ।
एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं र खबरदारी गरौं ।
– ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा सचिवालय सदस्य
‘एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं † व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं ††’ सोमबार नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्वीटरमा लेखेका छन् ।
पूर्वएमालेका नेपाल र खनाललाई साथमा लिएर दाहालले ओलीमाथि दबाब बढाएको आरोपसमेत समय समयमा लाग्दै आएको छ । नेकपा स्थायी कमिटीका सदस्य डा. भीम रावलले नेताहरूले विधि, पद्धति र प्रक्रियाअनुसार अघि नबढेको र पार्टी निर्णय कार्यान्वयन नगरेकाले समस्या उपत्पन्न भएको बताए ।
‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्,’ रावलले भने, ‘समस्या समाधान गर्न स्थायी कमिटीको बैठक तुरुन्त बोलाइनुपर्छ ।’
रावलले पार्टीभित्र देखिएको समस्याबारे स्थायी कमिटीमा छलफल हुनुपर्ने बताएका छन् । साथै यसअघि भएका बैठकका निर्णय कार्यान्वयन गरे समस्या आफैं समाधान हुँदै जाने विश्वास उनले व्यक्त गरे ।
यसैगरी, नेकपा स्थायी कमिटीका अर्का सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले सांकेतिक रूपमा प्रधानमन्त्री ओलीमाथि तिखो प्रहार गरेका छन् ।
देश र जनताभन्दा नेता ठूलो, पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिन्छ,’ विष्टले फेसबुकमा लेखेका छन् ।
ओली र दाहालबीच भएको छलफलका क्रममा ओलीले पार्टी फुटाउन प्रस्ताव गरेको भन्दै दाहालले ब्रिफिङ गरेसँगै पार्टी फुटको संघारमा पुगेको भन्दै चासो व्यक्त गर्न थालिएको छ । यही कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री ओली निकटका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहालले एकपक्षीय कुरा गरेको भन्दै नेतृत्वले त्यस्तो गर्न नसुहाउने बताएका छन् ।
विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो भन्नु राम्रो हो । अर्कोले के भन्यो भन्दा सदैव आग्रह मिसिन्छ,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।
पार्टी फुटबारे जुहारी चलिरहेकै बेला नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेताहरूले भनेजस्तै पार्टी नफुट्ने दाबी गरेका छन् । पार्टीभित्र समस्या भए पनि यही समस्याकै कारण पार्टी नफुट्ने दाबी रिजालले गरेका छन् ।
पक्कै पनि नेकपामा समस्या छ । तर, यति आधारमै पार्टी फुट्दैन । यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तराद्र्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन् । मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ । ‘स्यालको सिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो । भनिन्छ नि– ठूलो घरको ठूलै चाला !’ रिजालले फेसबुकमा लेखेका छन् ।
पार्टीमा विवाद बढ्दै गइरहेकाले छलफलकै माध्यमबाट समाधान खोज्नुपर्ने नेताहरू बताउँछन् । तर, अहिले पार्टी बैठक बस्ने र छलफल गर्ने वातावरण नै छैन । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक बसेर सबै विषयमा गम्भीर छलफल हुनुपर्ने बताए । –राजधानी पत्रिकाबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा विवादले शीर्ष नेताहरु आआफ्नै रणनीतिमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09












