२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेयर वनद्वारा बुद्धको मूर्ति अनावरण

प्रकाशित मिति : २०७७ कार्तिक २० गते

रत्ननगर / रत्ननगर नगरपालिका कार्यालयका मेयर नारायण वनले बुद्धको मूर्ति अनावरण गरेका छन् । मेयर वनले रत्ननगर नगरपालिका वडा नं ३, लौरीघोलाचोकमा स्थापित बुद्धको मुर्ति विहीवार अनावरण गरेका हुन् ।
उक्त बुद्धको मूर्ति कृष्णबहादुर तामाङ ब्लोनले बुवा बलबहादुर ब्लोन र आमा कान्छीमाया ब्लोनको स्मृतिमा स्थापना गरेका हुन् ।
मेयर वनले बुवा आमाको सम्मानमा गरेको कामले नगर विकासमा इट्टा थप्ने काम गरेको बताए । उनले ऐतिहासिक महत्व बोकेको रत्ननगरको लौरीघोललाई पर्यटकीय स्थलको रुपमा विकास गरी सौराहा आएका पर्यटकलाई भित्र्याउने योजना रहेको बताए ।
विश्व उद्धार बौद्ध गुम्बाका अध्यक्ष समेत रहेका ब्लोनले समाजको विकासमा योगदान गरेका वडाभित्रका ११ जना बृद्धबृद्धाहरुलाई नगदसहित सम्मान गरेका थिए । सो अवसरमा ब्लोनले युगौंयुगसम्म बुवाआमाको योगदानलाई बचाई राख्न र समाजप्रतिको उत्तरदायित्व उजागर गर्न आफूले बुद्धको मुर्ति स्थापना गरेको बताए ।
सो अवसरमा उपमेयर विमला दुवाडी, वडाध्यक्षहरु तिलकराज शर्मा पौडेल, गुप्तनाथ भट्टराई, नेपाली काँग्रेसका नेता उत्तम आचार्य, अनेरास्ववियुका केन्द्रीय सदस्य सरोजध्वज भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम ब्लोनकी कान्छीआमा ठुलीमाया तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने सुजन तामाङ ब्लोनले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89