२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

सूचनाको स्रोतलाई विश्वसनीय, मर्यादित बनाउन पत्रकारको भूमिका मुख्य : सूचनामन्त्री गुरुङ

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते

चितवन / मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयक तालिम समापन भएको छ । भर्चुअल माध्यमबाट सुरु भएको दुई चरणको तालिमको आज मंगलबार समापन गरिएको हो ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सही सूचना, गुणस्तरीय समाचार, सही मार्ग निर्देशन दिन पत्रकारको भूमिका अपरिहार्य रहेको बताए । सभ्य समाजको निर्माण, समृद्धशाली नेपालको समाचार लेखनमा उत्प्रेरित भई सबैलाई जागरुक बनाउन उनले आग्रह गरे ।
उनले सूचनाको स्रोतलाई विश्वसनीय बनाउनेमा पत्रकारको मुख्य भूमिका रहेको बताए भने सकारात्मक सोचबाट मर्यादित पत्रकारिता गर्न सुझाव दिए । भ्रामक समाचारलाई न्यूनीकरण गर्न, समाज रुपान्तरणको लागि सुरुवातदेखि अन्त्यसम्म सदैव चनाखो हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारले सदैव सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने र राज्यका निकायहरु लगायत जुनसुकै किसिमको सत्यतथ्य समाचार पाठकहरुसम्म ल्याउने भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले पाठकका विश्वासका लागि हामीले हाम्रो कमी कमजोरीहरुलाई केलाउँदै लानु पर्ने तथा आफू सचेत बन्नुपर्ने उनले बताए । आचारसंहिता पालना नगर्ने पत्रकारहरुलाई विधानबाट निष्काशन गर्नुपर्ने उनले भने ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ तालिम अर्थपूर्ण भएको बताए । नेपाली पत्रकारहरुले जिम्मेवार पत्रिकाको मूल्य बुझेको र प्रश्न गर्ने मामिलामा उनीहरुमा कुनै हिच्किचाहट नरहेको पाएको उनको अनुभव थियो । गलत र भ्रामक समाचारले जनतालाई मिसलिड गर्ने बताउँदै उनले तथ्यगत समाचार सम्प्रेषण गर्दै जिम्मेवार पत्रकारिताको अभ्यास गर्नुपर्ने उनले भने ।
यस्तै प्रेस काउन्सिलका बोर्ड मेम्बर संगीता खड्काले पत्रकारहरु सबै हातेमालो गरेर जिम्मेवार भई अघि बढ्नुपर्ने बताए । पत्रकारिता गर्दा कर्तव्यनिष्ट भई सबैले आचारसंहिताको पालना गर्नुपर्ने उनले बताए ।
समापन कार्यक्रममा मडिया नेपाल एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, मिडिया एक्सन बागमती प्रदेशका संयोजक मधुसुदन दवाडी लगायतले प्रशिक्षण दिएका थिए भने १६ जना पत्रकार सहित २२ जनाको सहभागिता रहेको थियो । मिडिया एक्सन नेपालले विगत ५ वर्षदेखि विभिन्न तालिमहरु दिँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98