June 24, 2024

हङकङको नेपाली रेष्टुरेन्ट आगलागीमा परी ७ जनाको मृत्यु

November 16, 2020
फोटो : गुगल ।

काठमाडौं / हङकङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको हङकङका मिडियाहरुले जनाएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको बताइएको छ । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको त्यहाँस्थित संचारमाध्यमहरुमा जनाइएको छ ।
हङकङ प्रहरीका अनुसार नेपालीहरुले लाइसेन्स नलिइकन सन्चालन गरेको रेष्टुरेन्ट भएको र अनुसन्धान जारी रहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -